नुवाकोट नागरिक समाजले धार्मिक ,सामाजि सद्भाव कायम राख्न र धर्मको विराेध गर्नेेलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजका तर्फबाट अध्यक्ष बद्री त्रिपाठीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल मार्फत नेपाल सरकार गृह मन्त्रालयकाे ध्यानाकर्षण गराउनु भएको हाे ।
हालै केही दिन अघि काेशी प्रदेशको धरानमा गाेरुकाे मासु खाएको विषयमा हिन्दुबादीहरु आक्राेशि हुँदा धार्मिक सहिष्णुतामा खलल आउने अवस्था आएकाे थियाे।
समाजले हिन्दु ,जैन, बाैद्व,मुस्लिम गरेर ९० प्रतिशत जनसंख्या एक आपसमा मिलेर बसिरहेकाे अवस्था जातीय द्वन्द्व फैलाउने ढंगले मुलुकमा गरिएका यस्ता हर्कतप्रति सरकार टुलुटुलु हेरेर बसेकाे भन्दै धार्मिक गतिविधिका विरुद्ध सरकार कडा रुपले प्रस्तुत हुनुपर्ने समाजकाे माग रहेकाे प्रजिअलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको थियो ।
साथै समाजले सम्पुर्ण नेपालीहरुलाइ आपसी एकता काया राख्न पनि अपिल गरिएको छ ।